कम्बोडियामा अप्रिलबाट कोभिड १९ को शून्य मृत्यु : प्रधानमन्त्री

-



     सफल आवाज    
     कार्तिक ४ गते २०७९ मा प्रकाशित



सिमरीप कम्बोडिया, ४ कात्ति । कम्बोडियामा अप्रिलदेखि हालसम्म कोभिड–१९ सङ्क्रमणबाट कसैको मृत्यु नभएको प्रधानमन्त्री सम्देच टेको हुनसेनले शुक्रबार बताए। ‘यो एक सफलता हो र कोभिडविरुद्धको लडाईमा हाम्रो संयुक्त प्रयासको परिणाम हो’ उनले भने छ ।

उहाँले प्रख्यात अङ्कोर पुरातात्विक निकुञ्जबाट आफ्ना गैरकानुनी भवनहरू सार्न सहमत भएका हजारौं परिवारको भ्रमणका क्रममा गर्नुुभएको सम्बोधनमा सो कुरा बताएका हुन् । दक्षिणपूर्वी एसियाली यस राष्ट्रमा जुनको अन्त्यदेखि दैनिक केसहरू फेला परेका भए तापनि शुक्रबार पहिलो पटक कोभिड १९ सङ्क्रमित शून्य भएको जनाइएको छ ।

‘आज, कम्बोडियामा कोभिड १९ सङ्क्रमित एक जना पनि फेला परेन ’ हुनसेनले बताए। यद्यपि अझै कोभिड–१९ बाट मुक्त नभएको र यहाँ अझै ५३ सक्रिय सङक्रमित रहेका कम्बोडियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नोमपेन्हमा रहेको एशियन भिजन इन्स्टिच्युटका अधिकारी थोङ मेङडाभिडले महामारीको लडाइमा सफलताको श्रेय राज्यको बलियो नेतृत्व र उच्च खोप दरलाई दिइएको भने।