महुली लघुवित्तको नाफा घट्याे, ईपीएस कति ?

-



     सफल आवाज    
     कार्तिक ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ कार्तिक । महुली लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजिनक गरेकाे छ । संस्थाले गत आर्थिक वर्षको तुलनामा नाफा कम गरेकाे विवरणले देखाएकाे छ ।

यस आर्थिक वर्षको असोज मसान्तसम्म लघुवित्तले ५८ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएकाे छ। गएकाे वर्ष याे नाफा नाफा २ करोड ६८ लाख रुपैयाँ थियो। गत आर्थिक वर्षको पहिलो त्रैमासकोभन्दा यस आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको नाफा ७८.२९ प्रतिशतले घटेको छ।

संस्थाकाे खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेपछि लघुवित्तको खुद नाफा घटेकाे हो। लघुवित्तको खुद ब्याज आम्दानी ४.४७ प्रतिशतले घटेको छ । सञ्चालन आम्दानी २.३९ प्रतिशत र इम्पेरमेन्ट चार्जमा २ करोड ९३ लाख रुपैयाँ राखेकोमा सञ्चालन मुनाफा ७८.६८ प्रतिशत घटेको छ।

लघुवित्तको नाफासँगै ईपीएस पनि घटेको छ। गत वर्ष पहिलो तीन महिनामा ३८ रुपैयाँ ३ पैसा रहेको आम्दानी चालु आर्थिक वर्षको सोही असमयमा २९ रुपैयाँ ७७ पैसा घटेर ८ रुपैयाँ २६ पैसा कायम भएकाे छ। लघुवित्तको मूल्य आम्दानी रेसियाे १२८.४१ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ भने २१५ रुपैयाँ ६६ पैसा रहेको छ।

लघुवित्तको २८ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । जगेडा कोषमा १.७५ प्रतिशत बढेर ३२ करोड ६३ लाख रुपैयाँ भएकाे छ। लघुवित्तको सापटी ३.५२ प्रतिशत र कर्जामा ७.७३ प्रतिशतले बृद्धि भएकाे छ ।