
काठमाडौं, ७ कात्तिक । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्म स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको नाफामा उल्लेख्य वृद्धि भएको छ । बैंकले हालै प्रकाशित गरेको उक्त अवधिसम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको छ । उक्त विवरण अनुसार गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा बैंकको खुद नाफामा उल्लेख्य वृद्धि भएको पाइएको छ ।
यो अवधिमा बैंकको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६८.३९ प्रतिशत बढेर ८१ करोड १३ लाख रुपैयाँ पुगेको छ विवरण छ । बैंकको खुद नाफा बढ्नुमा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको वृद्धिलाई मुख्य कारण मानिएको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीमा ६२.८३ प्रतिशतले वृद्धि भएको छ तर खुद फि तथा कमिशन आम्दानीमा भने ७.१० प्रतिशतले कमी आएको छ । यो अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ४१.१८ प्रतिशतले र सञ्चालन मुनाफा ६९.२० प्रतिशतले बढेको छ ।
यो आर्थिक वर्षको शुरुवाती ३ महिना अर्थात् असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४८ करोड ५५ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ । नाफा बढेसँगै बैंकको ईपीएस अर्थात प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ११ रुपैयाँ ९४ पैसा बढेर ३४ रुपैयाँ ४२ पैसा पुगेको छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



