इटालीमा नवनियुक्त पहिलाे महिला प्रधानमन्त्री जर्जियाद्धारा एकतामा जोड

-



     सफल आवाज    
     कार्तिक ७ गते २०७९ मा प्रकाशित



रोम, ७ कात्तिक । इटालीका पहिलाे महिला प्रधानमन्त्री जर्जिया मेलोनीले देशमा एकताका लागि सबै राजनीतिक दल तथा सबै पक्षलाई आह्वान गरेकि छन् ।

देशमा राजनीतिकलगायतका समस्याहरु उत्पन्न भइरहेका बेला उनले नयाँ प्रधानमन्त्रीको सपथ लिएसँगै सो आग्रह गरेकि हुन्। उनले शनिबार इटालीको प्रधानमन्त्रीका रुपमा सपथ लिएकि थिइन्। उनलाई यहाँका पूर्व प्रधानमन्त्री मारियो द्रागीले एक समारोहका बीच पद हस्तान्तरण गरे।

सन् २०२१ को जनवरीदेखि द्रागी प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनी त्यसअघि गभर्नर थिए । उनी केही समयदेखि काम चलाउ प्रधानमन्त्रीका रुपमा रहेका थिए । मेलोनीको प्रजातान्त्रिक दलले हालै सम्पन्न भएको संसदीय निर्वाचनमा २६ प्रतिशतमात्र मत प्राप्त गरेको थियो ।

तर पनि उनलाई प्रधानमन्त्रीका रुपमा नियुक्त गरेर नयाँ सरकार गठन गर्न पूर्व प्रधानमन्त्री दाग्रीले आग्रह गरेका हुन्। उनले हाल आफ्ना पार्टीका मात्र सदस्य समेटेर सानो सरकार बनाएकि छन् । अरु राजनीतिक दलहरुलाई पनि सरकारमा समावेश हुन आग्रह गरेकि छन् ।

उनले आइतबार टेलिभिजनमार्फत् देशवासीका नाममा सम्बोधन गर्दै देशमा कैयौँ राजनीतिक समस्याहरु रहेकाले तिनको समाधानका लागि सबै राजनीतिक दल मिलेर सरकार निर्माण गर्नुपर्ने धारणा राखिन्।