
पोखरा, ९ कार्तिक । पाँचदलिय लोकतान्त्रिक बामगठबन्धनको कास्की क्षेत्र नं २ (ख) को प्रदेशसभा निर्वाचन २०७९ को प्रचार प्रसार समितिको बुधबार बिहान पोखरा नयाँबजारमा सम्पर्क कार्यालय स्थापना गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले कार्यालयको उद्घाटन गर्दै गठबन्धनका नेता तथा कार्यकर्तालाई भाषणभन्दा जनताको घर घरमा गएर जनताको मन जित्न आग्रह गरे । शर्माले भने, हाम्रो काम अब फिल्डमा हो । भाषणमा मात्र समय खर्च गर्नभन्दा मत आउने ठाउँमा पुग्ने काम सबैभन्दा महत्वपूर्ण हो ।
जहिले पनि गरिबको नारामा भोट माग्ने मात्रै काम भयो । उनीहरुलाई हेर्ने काम भएन । शर्माले भने्, अब हामी कदापि त्यसो हुन दिन्नौं । हाम्रो साझा भनेकै लक्ष्य समाजलाई धनी बनाउने हो ।

ओलि जीले दुईतिहाईको मत पाएर पनि आफ्नै नजिकको साथि प्रचण्डलाई संरक्षण गर्न सकेनन् भने जनताको भोटको सुरक्षा कसरी गर्न सक्छन् ? उनले भने, परिवर्तनका लागि वातावरण तयार गर्छौं, बाहिर जानेलाई रोक्न र रोजगारीको लागि यहाँ लगानीको अवसर जुटाउँछौं ।
यस्तो पनि दिन आउनेछ कि अर्कोपटक हामी गठबन्धनमा रहेकाहरुको एउटै निर्वाचन चिन्ह हुनेछ र चुनावमा जानेछौं । तर यो अहिलेको निर्वाचनको परिणामलाई हेरेर हुन्छ । आशा छ त्यो दिन पनि आउनेछ, शर्माले भने ।
नेकपा माओेवादी केन्द्रका नेता राजकाजि गुरुङ करणले लोकतन्त्र र संविधानका लागि लडेका दलहरु फेरि एकपटक जनताको अधिकार रक्षाका लागि एउटै मोर्चामा आएर निर्वाचनमा होमिएको बताए ।
हामीलाई थाहा छ, हामी लोकतन्त्र र संविधानको लागि लड्यौ । राष्ट्रको जिम्मा नेपाली छोराछोरीले लिन सक्छन् भनेर त्यो पनि देखायौं, गुरुङले भने, अब संविधानले हामीलाई निर्देशन गरेको समाजवादमा पुग्नुपर्नेछ, त्यो भूमिकाका लागि एक भएका हौं ।
गठबन्धन विरुद्ध प्रतिगमनकारी शक्ति लागेको बताउँदै नेता गुरुङले उनीहरुको कार्यलाई निष्तेज पार्न साझा गठबन्धनका दलहरु सक्षम भएको बताए । सिटमा तलमाथि परेको छ यसमा कसैको चित्त बुझेको छैन जो हामीलाई पनि थाहा छ । तर प्रतिगमनको विरुद्ध र अधिकार रक्षका लागि लडेकोले यो त्यो उम्मेदवारी भएन भनेर लाग्न नहुने उनको जोड थियो ।
गुरुङले राजनीतिमा अवसरवाद पनि हावि भएकोले यसलाई चिर्नुपर्ने, मुलुकलाई आत्मनिर्भर बनाउन लाग्नु पर्ने र समुन्नत समाज बनाउनका लागि लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरुलाई मत दिन आग्रह गरे ।
कास्की क्षेत्र नं २ का प्रनिनिधिसभा निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार श्रीनाथ वरालले ५ दल मिलेर निर्वाचनमा होमिएकोले परिणाम राम्रो हुने आशा व्यक्त गरे ।
वरालले भने, हामी मिलेर साझा घोषणा लिएर गएका छौं । परिस्थितिले हामीलाई एक बनाएको छ । यहाँको विकासकै लागि काम गरिनेछ । मान्छेलाई खुसि पार्न वजेट जान दिईने छैन । गठबन्धनले उत्पादनमुखि काममा जोड दिएको बताउँदै वरालले कृषिमा सुधार, मल, बिउ, सिंचाइको प्रबन्ध तथा पर्यटन विकासमा जोड दिए
गठबन्धनको तर्फबाट कांग्रेसबाट कास्की २ (ख) मा प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएका गण्डकीका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले भने, एक्लाएक्लै पनि निर्वाचनमा लड्न सक्ने थियौ, तर झन् अहिले ५ दल एकतावद्ध भएर एउटै लक्ष्य लिएर निर्वाचनमा होमिएकोले प्रतिगमनकारीको हार लज्जास्पद हुने बताए ।
थापाले विगत ५ वर्षमा गण्डकी सरकारले आवश्यक कानून निर्माण गरेको र अबको बाटो विकास र समृद्धिको भएको बताए । उनले शिक्षा, स्वास्थ्य, रोजगारीमा आमुल परिवर्तन ल्याउने उद्देश्य स्वरुप आफ्नोे उम्मेदवारी रहेको अभिव्यक्ति दिए । कृषि, उद्यमशिलता, पर्यटन र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता उनको रहेकाे छ ।
एकीकृत समाजवादीका कन्द्रीय सदस्य दिलु पन्तले आगामी मंसिर ४ गतेपछि माला लगाएर आउने दिन पर्खिरहेको बताईन् । संविधान बनेको ८, ९ वर्ष नपुग्दै कल्चिने काम भयो । उनले भनिन्, लोकतन्त्रमाथि कुठाराघात भएको र ओली कमरेड प्रतिगमनकने बाटोमा गएकोले खतरालाई रोक्न गठबन्धन गरिएको बताईन् ।
अधिकारको लडाइँमा धोका भएको छ । दुई तिहाईको सरकार कोभिडको समयमा भ्रष्टाचारमा लिन भयो । उनले भनिन्, पशुपतीको भेटिमा पनि ओली सरकारले आँखा गाड्यो । पन्तले अब जनताले कसैले बोलेको धावालाई सहन नसक्ने जिकिर गरिन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु वरालले १५ वर्ष अगाडिको द्वन्दको समयले यसरी एकै ठाउमा हांैला भन्ने लागेको थिएन भन्दै मुलुक अफ्ठेरोमा परेकोले त्यसको निकासका लागि गठबन्धनमा रहेर निर्वाचनमा होमिएको बताए ।
यसअघि कार्यक्रमलाई गठबन्धनका युवा नेता विपिन आचार्यले स्वागत गरेका थिए । शुसिल बस्नेतले संचालन गरेको कार्यक्रमको अध्यक्षता क्षेत्र नं २ (ख) का निर्वाचन प्रचार समितिका संयोजक हाेम बहादुर बानियाले गरेका थिए ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



