सामाजिक संजालमा देखिएका भ्रामक र द्वेषपूर्ण सामग्रीप्रति आयोगको गम्भीर ध्यानाकर्षण

-



     सफल आवाज    
     कार्तिक १० गते २०७९ मा प्रकाशित



काठमाडौं, १० कार्तिक । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ नजिकिरहेकाे अवश्थामा सामाजिक संजालबाट दलका नेताहरुप्रति गरिएका लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य-श्रव्यदृश्य सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले दलहरूको उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा “No, Not Again”, “NO NOT AGAIN” र “No. Not again” समेतका फेसबुक पेज/ग्रुपहरूबाट निर्वाचनमा हाेमिएका उम्मेदवार रहेका दलका नेताहरूको बारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य-श्रव्यदृश्य सामग्री प्रकाशन गरेको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको हाे।

झुठ फेसबुक पेज/ग्रुपहरू सिर्र्जना गरी नेताहरूविरुद्ध प्रचारप्रसार गर्ने कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०७३ को दफा ४७, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २३ को दपदफा (१) तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ञ), (ट), (ठ) र (ड) को प्रतिकूल रहेको देखिने आयोगकाे ठहर छ ।

उल्लेखित कसूर गर्ने व्यक्तिहरूलाई एक लाख रुपैयासम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ । झुठा फेसबुक पेज/ग्रुपहरू तत्काल हटाई यस खालका गतिविधि नगर्न साराेकारवालाहरुलाई सचेत गराएकाे छ । आयोगले साे फेसबुक पेज/ग्रुपहरू तत्काल नहटाए प्रचलित कानून बमोजिम कारबाही हुने चेतावनी दिएकाे छ ।

स्थानीय तहको चुनावकम नाे नट अगेन अभियान नै चलेकाे थियाे । अभियानकाे मक्सद बुढापाका नेताहरु बस्नुपर्ने र युवाहरु नेतृत्वमा जानुपर्ने रहेकाे थियाे । साे समयमा स्वतन्त्र अभियानबाट काठमाडौं महनगरपालिकाकाे प्रमुखमा बालेन्द्र शाह उदाए । धरानमा हर्क साम्पाङ मेयर बनेर गोपी हमाल स्वतन्त्र उम्मेद्वारकाे रुपमा जित निकाल्न सक्षम भए ।

अहिले पनि राजनीतिक बृत्तमा छाएकाे चरम निरासाका कारण सामाजिक सञ्जालमा बुढापाका नेताहरुलाई चुनावबाट बिदा गर्नुपर्छ भन्दै ‘नो नट अगेन’ अभियान चल्दै गर्दा आयोगले कानूनी व्यवस्था अनुसार कारबाहीका लागि कडा रुपमा प्रस्तुत भइरहेकाे छ ।

यही अभियान अहिले पनि पटक पटक निर्वाचन जितेर साशन सत्ता चलाएका नेताहरु फेरी उम्मेदवार बनेपछि उनहीहरुलाई चुनाबबाट बिदा गर्नुपर्छ भनेर सक्रिय भएपछि आचारसंहिताकाे नियमन गर्ने गराउने निर्वाचन आयोग उनीहरु विरुद्ध कानूनी परिपालना र कारबाहीकाे बाटाेमा गएकाे छ । उता दलका नेता तथा उम्मेदवारहरुका लागि सामाजिक सञ्जालकाे “No, Not Again” काे अभियानले शशंकित बनाएको छ ।