१८औं वर्षमा प्रवेश गर्दै सांग्रिला डेभलपमेन्ट बैंक

-



     सफल आवाज    
     कार्तिक १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ कात्तिक । बालुवाटार काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरकाे वित्तीय संस्था सांग्रिला डेभलपमेन्ट बैंक आजदेखि १७ औं वर्ष पुरा गरी १८औं वर्षमा प्रवेश गरेको छ । १८औं वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना ग्राहकवर्ग, शेयरधनी, नियमनकारी निकाय, कर्मचारीहरु लगायत बैंकसँग आवद्ध सबैमा आभार व्यक्त गरेको छ ।

ग्राहकबर्गकाे निरन्तर सहकार्यका कारण बैंकले हालसम्म उल्लेख्य प्रगति हासिल गर्दै आएकाे बताएकाे छ । आगामी दिनमा समेत ग्राहकलाई बचतमा उच्चतम ब्याजदर तथा सहुलियतदरमा कर्जा प्रबाह गरेर अझै अत्याधुनिक वित्तीय सेवा प्रदान गर्नेतर्फ कटिवद्ध रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले सफल आवाजलाई बताएका छन ।

आम जनमानसले बैंकलाई गरेको विश्वास,स्नेह र बैंकप्रतिको भरोसाले गर्दा हाल मुलुकभरका ११२ शाखा कार्यालयहरु र ३१ एटिएमबाट बैकिङ सेवा प्रदान गरिरहेकाे बैकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पुर्ण पालना गर्दै आएको बताएको छ ।