
काठमाडौं, १३ कार्तिक । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सकाे खुद नाफा र प्रतिसेयर (ईपीएस) आम्दानी घटेकाे छ । फाइनान्सकाे सार्वजनिक गरिएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिकोभन्दा खुद नाफा र प्रतिसेयर आम्दानी दुबै घटेको देखिएकाे छ।
यस आर्थिक वर्षको पहिलो त्रैमासमा फाइनान्सकाे खुद नाफा रुपैयाँ २२ लाख ७२ हजार रुपैयाँ रहेकाे छ। यो नाफा गएकाे वर्षकोचन्दा ८५.५७ प्रतिशतले घटी हाे । गएकाे वर्षमा याे नाफा १ करोड ५७ लाख रुपैयाँ रहेकाे थियो।
फाइनान्सकाे खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट शुल्क बढेको छ । खुद फि र कमिसनकाे कमाइमा कमि भएकाे कारणले खुद नाफामा कमि भएकाे हाे ।
खुद ब्याज आम्दानी ३४.१६ प्रतिशतले बढ्दा खुद फि र कमिसनकाे कमाइ ६५.५२ प्रतिशतले घटेकाे छ । नाेक्सानीकाे शुल्क १ करोड ४८ लाख रुपैयाँ रहेकाेमा बढेर ३ करोड ११ लाख रुपैयाँ पुगेकाेछ । सञ्चालन मुनाफामा ८७.५५ प्रतिशतले कमि भएकाे कारण खुद नाफा घटेकाे हाे ।
ईपीएस आम्दानी ६ रुपैयाँ ३३ पैसा घटेर ९६ पैसा कायम भएकाे छ। असोजकाे अन्तिमसम्म मूल्य आम्दानी रेसियाे ३४४.९९ गुणा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ४५ पैसा छ।
यस आर्थिक वर्षको पहिलो त्रैमासमा फाइनान्सकाे चुक्ता पूँजी १० प्रतिशतले बढेकाे देखिन्छ । जगेडामा ३१.०२ प्रतिशत घटेको छ भने निक्षेपमा १.८४ प्रतिशतले बृद्धि भएकाे छ । कर्जातर्फ ७.१५ प्रतिशतकाे बृद्धि भएकाे छ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



