
दमक, १४ कात्तिक। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गौरीगञ्जलाई आधुनिक सहरका रुपमा विकास गरिने बताउनुभएको छ ।
झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष ओलीले गौरीगञ्जमा आयोजित जनता भेटघाट तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै स्मार्ट सिटीका रुपमा शहरीकरण हुँदै आएको गौरीगञ्जलाई थप व्यवस्थित शहरीकरणको योजना बनाएर यसको विकास गर्नुपर्ने बताए ।
निर्माणाधीन हुलाकी सडकले छोएको गौरीगञ्ज झापाको दक्षिणी भेगको एक सुन्दर सहर बन्ने प्रशस्त सम्भावना भएको उनको भनाइ छ । अध्यक्ष ओलीले रतुवा पुल, लेराकको पुल मङ्सिर ४ गते चुनावपछि बन्ने बताए। गौरीगञ्जको विकासका लागि बजेटको अभाव नहुने प्रतिबद्धता उनले जनाए।
शिक्षाको गुणस्तर कायम राख्ने विद्यालयलाई आर्थिक स्रोतको अभाव नहुने र प्राविधिक शिक्षा थप्ने योजना एमालेको भएको बताउँदै उनले भने, “निर्माणाधीन हुलाकी सडकलाई छिटोभन्दा छिटो पूरा गराउन तथा यहाँ क्षेत्रका नागरिकताको सवालमा रहेका कतिपय समस्या समाधान गर्न पनि एमालेको सरकार बन्नुपर्छ ।”






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



