
काठमाडौं, १५ कार्तिक । नबिल इन्भेष्टमेन्ट बैंकिङका तीनवटै म्युचुअल फन्डहरुको प्रतिइकाई खुद सम्पति मूल्य घटेकाे छ । बैंकिङकाे असोज महिनामा प्रतिइकाई खुद सम्पति मूल्य घटेको हाे ।
बैंकिङका अनुसार नबिल इक्विटी फन्डको २२ पैसाले घटेर ९ रुपैयाँ ९३ पैसा कायम भएकाे छ । भदाैमा याे १० रुपैयाँ १५ पैसा थियो । फन्डकाे असोजसम्म ८२ करोड ८२ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड भएकाे देखिन्छ। भदौ महिनामा ८५ करोड २३ रुपैयाँको सेयर होल्ड थियो ।
नबिल इक्विटी फन्डको बैंक मौज्दात बढेकाे छ । जाे बढेर रु १८ करोड १ लाख ४६ हजार पुगेको छ । अघिल्लने महिनामा बैंक मौज्दात रु १७ करोड ६९ लाख थियो । फन्डको मुद्दतिमा रु १२ करोड ५० लाख रहेकाे देखिन्छ । असोजमा फन्ड रु ८ करोड २६ लाख घाटामा देखिन्छ ।
नबिल ब्यालेन्स्ड फन्ड–२ को प्रतिइकाई खुद सम्पति मूल्य असोजसम्म १० रुपैयाँ १० पैसा रहेकाे छ । याे अघिल्लाे महिनाकाे भन्दा २६ पैसा कम रहेकाे छ । अघिल्लो महिना यस फन्डको न्याभ १० रुपैयाँ ३६ पैसा थियो । फन्डकाे असोजसम्म रु ८० करोड २७ लाख रुपैयाँकाे सूचीकृत सेयर होल्डमा छ ।
भदौमा ८२ करोड ४५ लाख रुपैयाँकाे सेयर होल्ड भएकाे थियो । फन्डको बैंक मौज्दात रु ११ करोड ५ लाख रुपैयाँ रहेकाे। अघिल्लाे महिनामा बैंकमा रु ११ करोड ३८ लाख मौज्दात थियो । मुद्दति निक्षेपमा रु २ करोड ६१ हजार रुपैयाँ छ भने असोजसम्म फन्डकाे घाटा ७ करोड ७५ लाख रुपैयाँ रहेको छ ।
‘नबिल ब्यालेन्स्ड फन्ड–३’ को प्रतिइकाई खुद सम्पति मूल्य असोजसम्म ८ रुपैयाँ १३ पैसा रहेकाे छ । याे भदौको भन्दा १५ पैसाले कम देखिन्छ । त्यसबेलामा फन्डको प्रतिइकाई खुद सम्पति मूल्य ८ रुपैयाँ २८ पैसा रहेकाे थियो । यसमा असोजसम्म ५८ करोड ८८ लाख रुपैयाँकाे सूचीकृत सेयर होल्ड भएकाे पाइन्छ ।
अघिल्लाे महिनामा ६० करोड ८० लाख रुपैयाँको सेयर होल्डमा थियो । फन्डको बैंक मौज्दातमा बृद्धि भएर रु २२ करोड ४ लाख रुपैयाँ भएकाे छ । भदौमा रु १४ करोड १५ लाख रुपैयाँ मौज्दात थियो । मुद्दति निक्षेपमा १० करोड ९५ लाख रुपैयाँ रहेकाे भने असोजसम्म ५ करोड ५३ लाख रुपैयाँ घाटामा देखिन्छ।






काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले… 



