
काठमाडौं, १५ कात्तिक । नेपाल विद्युत प्राधिकरणले आफ्नो संरचनामा टाँगिएका इन्टरनेट, केबलका तार तथा अप्टिकल फाइबर विस्तारका लागि नयाँ मापदण्ड जारी गरेको छ ।
यो नयाँ मापदण्ड बिजुलीको पोल प्रयोग गरेर अव्यवस्थित तरिकाले तानिएको र प्रयोग नभएका फाइबर, केबल तथा उपकरणले शहर कुरुप बनएको र पछिल्लो समय आगलागीका घटना बढ्दै गएकोले लागू गरिएको प्राधिकररणले जनाएको छ ।
प्राधिकरणका अनुसार आगलागीलगायत विद्युतीय दुर्घटना न्यूनीकरण गरी भरपर्दो विद्युत सेवा उपलब्ध गराउन र शहरको सौन्दर्य कायम राख्न दुरसञ्चार, केबल टीभी तथा इन्टरनेट सेवाप्रदायक कम्पनीले संरचना निर्माण तथा विस्तार गर्दा नयाँ दुरी कायम गर्नुपर्ने छ ।
नयाँ मापदण्ड अनुसार अप्टिकल फाइबर र केबलको तार साथै ४ सय भोल्ट लाइन (नाङ्गो) तार विस्तार गर्दा कम्तीमा ५० सेन्टिमिटरको दुरी कायम गर्नुपर्ने छ । प्राधिकरणले प्रयोगमा नरहेका तार र उपकरण तत्काल पोलबाट हटाउन र पोलमा तारहरु बेरेर नझुन्ड्याउन र आफ्नो तार सजिलै छुट्याउन सक्ने गरी केबल ट्याग र मार्किङ गर्न निर्देशन दिएको छ ।
हेर्नुहोस् सूचना







काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



