राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस स्तब्ध

-



     सफल आवाज    
     कार्तिक १५ गते २०७९ मा प्रकाशित



संयुक्त राष्ट्रसङ्घ, १५ कात्तिक। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले भारतको पश्चिमी राज्य गुजरातमा झोलुङ्गे पुल भाच्चिँदा एक सय ४१ जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनका प्रवक्ता स्टेफन डुजारिकले विज्ञप्ति प्रकाशन गरी सो कुराको जानकारी गराए।

सो दुर्घटनाबाट महासचवि गुटरेस निकै स्तब्ध भएको बताएकाे सो विज्ञप्तिमा जनाइएको छ । मानिसहरुले उक्त पुल हुँदै यात्रा गरिरहेका बेला पुल भाचिएको थियो । त्यसमा परेर एक सय ३० जनाको ज्यान गएको बताइएको छ । सोमबार भएको सो दुर्घटनामा परेर अरु पनि कैयौँ नागरिक घाइते भएका बताइएको छ ।

एक स्थानीय अधिकारीका अनुसार दुर्घटनामा ज्यान गुमाएकामा अधिकांश महिला, बालबालिका र वृद्ध छन् । महासचिव गुटरेसले सो दुर्घटनाबाट ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुका साथै परिवारजनमा समवेदना व्यक्त गरेका छन् । साथै महासचिव गुटरेसले यस दुर्घटनामा परी घाइते भएकाहरुलाई शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ ।

दीपावली पर्व मनाउने क्रममा भीडले खचाखच भएको मोरबीको उक्त पुल अकस्मात भाँच्चिएको थियो । बेलाइतको शासनकालमा १९ औँ शताब्दीमा बनेको उक्त पुल मर्मतसम्भारपछि गत सातादेखि सञ्चालन गरिएको थियो । उक्त पुल भाचिनाको कारणबारे राज्य सरकारका प्रहरी प्रमुखको नेतृत्वमा सोमबारदेखि नै अनुसन्धान थालिएको जानकारी दिइएको छ ।

सो पुलमा सयौँको सङ्ख्याका नागरिक परेको सूचनापछि हिजो राष्ट्रिय आपत् एवम् राहत बल, वायु सेना, नौसेना, राष्ट्रिय एवम् राज्यका सुरक्षा निकायका ठूलो सङ्ख्याका सुरक्षार्कीले खोज तथा उद्धार थालेका थिए ।