
काठमाडौं, १६ कात्तिक । निर्वाचन आयोगले प्रधानमन्त्री देउवालाई डडेल्धुरा भ्रमणको अनुमति दिएको छ । आयोगले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवालाई आफ्नो निर्वाचन क्षेत्र जान सशर्त अनुमति दिएको हो ।
प्रम देउवाले सरकारी स्रोत साधन प्रयोग गरेर चुनावी प्रचारमा जान लागेकोले अनुमति नदिइएको समाचार बहिरिएपछि आयोगले प्रम जस्तो व्यक्तिलाई रोक्ने त्यस प्रकारको निर्णय नभएको बताएको छ । पछि आयोगले सरकारी स्रोत साधन प्रयोग नगरी व्यक्तिगत वा पार्टीको खर्चमा मात्र गृह जिल्ला जान अनुमति दिएको बताएको छ ।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पत्र पठाएर प्रधानमन्त्री देउवा डडेल्धुरा जाने अनुमति मागेकोमा आयोगले सरकारी खर्चमा जान नपाइने बताएको थियो । सरकारी खर्चमा चुनावी प्रचार प्रसारमा जानु निर्वाचन आचारसंहिता विपरीत हुने भएकाले आफ्नै वा पार्टीको खर्चमा जान मिल्ने आयोगले सुझाएको थियो ।
सोही सुझाव अनुरुप व्यक्तिगत खर्चमै डडेल्धुरा जान अनुमति मागेपछि मौखिक रुपमा अनुमति दिइएको र आधिकारिक पत्र पठाउन बाँकी रहेको आयोग स्रोतले जनाएको छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



