
काठमाडौं, १७ कार्तिक । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाकाे खुद नाफामा बृद्धि भएकाे छ । संस्थाकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणका अनुसार गएकाे वर्षको सोही अवधिकोभन्दा खुद नाफामा बृद्धि भएकाे हाे।
लघुवित्तको खुद नाफामा ६१.७९ प्रतिशतले बढेकाे छ । यसरी बढेकाे नाफा रु ६ करोड ३७ लाख ७१ हजार भएकाे छ। गएकाे वर्ष यस्ताे नाफा ३ करोड ९४ लाख रुपैयाँ रहेकाे थियो। लघुवित्तकाे खुद ब्याज आम्दानीमा बृद्धि भएपछि र इम्पेरमेन्ट चार्ज रिभर्स भएकाे कारणले नाफामा बृद्धि भएकाे हाे ।
संस्थाकाे खुद ब्याज आम्दानी ९८.१० प्रतिशतले र सञ्चालन आम्दानी ६४.२८ प्रतिशतले बढेको छ। इम्पेरमेन्ट शुल्क १ करोड २६ लाख रुपैयाँ रिभर्स भएपछि सञ्चालन नाफा ६१.८० प्रतिशतले बढेको छ।
प्रतिसेयर आम्दानी १० रुपैयाँ १० पैसाबाट बढेर २६ रुपैयाँमा ४५ पैसा भएकाे छ। असोजसम्म मूल्य आम्दानी रेसियाे २२.८४ गुणा रहेको छ । प्रतिुेयर नेटवर्थ भने १५१ रुपैयाँ ५२ पैसा छ।
लसंस्थाकाे चुक्ता पूँजी स्थिर रहेको छ । जगेडा कोषमा १४.७४ प्रतिशतले बृद्धि भएकाे देखिन्छ । तर सापटीमा २.५७ प्रतिशतले र कर्जामा ०.३१ प्रतिशत घटेको देखिन्छ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



