इष्टर्न हाइड्रोकाे सेयर बाँडफाँट, १३ लाखकाे हात खाली

-



     सफल आवाज    
     कार्तिक १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ कार्तिक । इष्टर्न हाइड्रोपावर लिमिटेडको आज सेयर बाँडफाँड सम्पन्न भएकाे छ। कम्पनीले असोज २८ गतेदेखि ६ गतेसम्म करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता सेयर बिक्रीमा ल्याएकाे थियो।

साे सेयरबाट १३ हजार ४०६ कित्ता कर्मचारीहरुका लागि र ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ । बाँकी ६ लाख २३ हजार २८९ कित्ता र कर्मचारीका लागि सुरक्षित गरिएकाे सेयरमा आवेदन नपरेकोसहित ६ लाख २५ हजार १९० कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड भएकाे हाे।

सेयरकाे बाँडफाँड सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा गरिएकाे हाे । क्यापिटलले जनाए अनुसार १३ लाख ५८ हजार २२० आवेदकले १ करोड ४८ लाख ७४ हजार ४० कित्ता सेयर माग गरेका थिए ।

कुल आवेदनमध्ये १ हजार ९९६ आवेदन रद्द भएका छन् । बाँकी १३ लाख ५६ हजार २२४ आवेदन स्वीकृत भएका थिए । ति स्वीकृत आवेदनहरुबाट ६२ हजार ५१९ आवेदकले जनहि १० कित्ताका दरले सेयर हात पारेका छन् ।