युनिलिभरको लाभांश घोषणा

-



     सफल आवाज    
     कार्तिक १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ । युनिलिभर नेपाल लिमिटेडले आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षका लागि प्रतिकित्ता १ हजार २१५ रुपैयाँ लाभांश दिने निर्णय गरेको हो । यो लाभांश पाँच वर्षयताकै सर्वाधिक भएको बताइएको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कायम सेयरधनीहरुलाई नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो । यसरी प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीको खातामा आउने जनाइएको छ ।

साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले आगामी मंसिर ४ देखि २० गतेसम्म बुक क्लोजको मिति तोकेको छ । यस हिसाबले आगामी मंसिर ३ गतेसम्म कायम सेयरधनीहरु मात्र प्रस्तावित लाभांशका लागि योग्य हुनेछन् ।