
बेइजिङ, १७ कात्तिक । चीनका राष्ट्रपति सी चिनफिङले बिहीबार फिलिपिन्समा आएको आँधीका कारण भएको ठूलो मानवीय एवं भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसलाई सन्देश पठाउनु हुँदै राष्ट्रपति सीले दुःख व्यक्त गरेका हुन्। सन्देशमा राष्ट्रपति सीले उष्णकटिबंधीय आँधीबाट भएको ठूलो मानवीय एवं भौतिक क्षतिले आफू स्तब्ध भएको र चिनियाँ सरकार र जनताको तर्फबाट दुःख व्यक्त गरेको बताए।
राष्ट्रपति सीले त्यहाँको सरकार र जनताले विपद्लाई पार लगाउँने र पुनर्निर्माण गर्ने कुरामा आफूलाई विश्वस्त रहेको पनि बताए छ। फिलिपिन्समा विपद्पछिको पुनर्निर्माणका लागि चिनियाँ पक्ष आफ्नो क्षमताअनुसार सहयोग गर्न इच्छुक रहेको उनले बताए।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




