तीन क्यापिटलका साधारणसभा आज हुँदै, के के छन् एजेण्डा ?

-



     सफल आवाज    
     कार्तिक १८ गते २०७९ मा प्रकाशित



काठमाडौं १८ कार्तिक । लाभांश वितरणकाे मुख्य एजेण्डा रहेका तीन विभिन्न क्यापिटलहरुकाे साधारणसभा आज हुँदैछन् । साधारणसभा गर्न लागेका क्यापिटलहरुमा एनएमबि क्यापिटल, एनआबिएल एस क्यापिटल र सनराइज क्यापिटल रहेका छन् ।

एनएमबि क्यापिटल

एनएमबि क्यापिटलको साधारणसभा आज आरण्य बुटिक होटल, मनकामना मार्ग, हात्तिसार, काठमाडौंमा हुँदैछ । सभा अपरान्ह ४ बजे डाकिएकाे छ । सभामा २१.०५% नगद लाभांश दिने प्रस्तावलाइ पारित गरिने भएकाे छ । यस्तै हाल कायम रहेकाे चुक्ता पूँजी २० करोडको १ बराबर १ को रेसियाेमा हकप्रद सेयर निष्काशनकाे प्रस्ताव पारित गरिनेछ । 

एनआबिएल एस क्यापिटल

एनआबिएल एस क्यापिटलको साधारणसभा क्यापिटलको लाजिम्पाटमा रहेकाे क्यापिटलकाे सभाकक्षमा बिहान १०ः३० बजेबाट हुँदैछ । सभाबाट २०% नगद लाभांश वितरणकाे प्रस्ताव पारित हुनेछ । सभामा अन्य मर्चेन्ट बैंकलाइ गाभ्ने, गाभिने र प्राप्तिका लागि आवश्यक काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावलाइ अनुमोदन गरिने भएकाे छ । 

सनराइज क्यापिटल

सनराइज क्यापिटलको सभा क्यापिटलको कार्यालय, कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे बाेलाइएकाे छ । सभामा कम्पनीले २५% नगद लाभांश वितरणकाे प्रस्ताव पेश हुनेछ। साथै आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानका एजेण्डाहरुमा छलफल गरिने पारित गरिनेछ ।