दक्षिण कोरियामा ४३ हजार भन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित

-



     सफल आवाज    
     कार्तिक १८ गते २०७९ मा प्रकाशित



सोल, १८ कात्तिक । दक्षिण कोरियामा २४ घण्टा अर्थात बिहीबार मध्यरातसम्म ४३ हजार चार सय ४९ जना कोभिड–१९ का नयाँ सङ्क्रमित देखिएका छन् ।

यसैसँगै कुल सङ्क्रमितको सङ्ख्या २ करोड ५७ लाख ६० हजार सात सय एक पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा कम भएका छन् ।

एक दिनअघि सङ्क्रमितको सङ्ख्या ४६ हजार आठ सय ९६ बाट कम भएर ४३ हजार चार सय ४९ जना भएका कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी बताएको छ । गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा १४ ले बढेर ३०४ पुगेको छ ।

यस सङ्क्रमणको कारण थप ५३ जनाको मृत्युको पुष्टि भएपछि कोरोना शुरु हालसम्म २९ हजार तीन सय १५ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।