
पोखरा, १९ कार्तिक । आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि दलहरु यतिबेला चुनावी प्रचारमा व्यस्त रहेका छन् ।
निर्वाचन आयोगले तयारीका कामहरु गरिरहेको छ भने नागरिक समाजसंग आवद्ध संघ, संस्थाहरुले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, धाँधलिरहित र विश्वसनीय बनाउन सरोकारवालाहरुसंग छलफल गर्दै निचोडका कुराहरु मतदाता समक्ष पुरेयाईरहेका छन् ।
यसैक्रममा सयपत्री समाज पोखराले शनिवार पोखरामा दलका प्रतिनिधि, अधिकारकर्मि, संघ, संस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा, संचारकर्मि, कानून व्यवसायी र निर्वाचन आयोगका प्रनितिधिसहितको “स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन” विषयक एक कार्यक्रम आयोजना गर्यो ।
कार्यक्रममा प्रदेश निर्वाचन अधिकारी, गण्डकीका हुमनाथ पराजुलीले निर्वाचन आयोग स्वतन्त्र, निष्पक्ष र विश्वनीय निर्वाचन बनाउन लागिपरेको बताए । उनले निर्वाचनलाई प्रभाव पार्नसक्ने कुनैपनि प्रकारका गतिविधिप्रति चनाखो भएर अनुमगन भईरहेको बताए ।
आचार संहिता लागू गरिएको छ । पराजुलीले भने, कोहि कसैले यसको विरुद्धमा गएर गतिविधि गरे कारबाहिको दायरामा ल्याईने र उम्मेदवारको हकमा उम्मेदवारीसमेत् रद्ध गर्न सकिने भएको बताए । विधि विधान र नियमको पालना बाहिर कोहि जान मिल्दैन, उनले भने यस पटकको निर्वाचनमा आयोगले महत्वपूर्ण निर्णय गर्नसक्छ ति दिनहरु नआउन भन्ने आयोगको चाहना हो ।
हामी कडाईका साथ लागिरहेका छौं, पराजुलीले भने । उनले दलहरुको प्रमुख कारणले नै ईभोटिङमा जान नसकिएको बताउँदै अब यतातिर सरकार, निर्वाचन आयोग र दलहरुको एउटै मत बनाएर प्रविधियुक्त प्रणालीमा जानसके छिटोछरितो र आर्थिक व्ययभारबाट बच्न सकिने बताए ।
वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले हामी कोहि कसैलाई पनि ऐन, नियम, कानून, विधि विधान बाहिर गएर काम गर्ने छुट नभएकोले निर्वाचन आचारसंहिताको परिधिमा रहेर काम गर्न अनुरोध गरे ।
थापाले निर्वाचन लोकतन्त्रको एउटा सबल पक्ष भएकोले जनताले आफुले रोजेका प्रतिनिधिहरु पठाउने एउटा माध्यम भएको बताउँदै महत्वपूर्ण कुरा आफुद्वारा आफैं शासित हुने पद्धति भएको बताए । त्यो भनेको जनताले जनप्रतिनिधि रोज्ने हो, उस्लाई निति नियम बनाउन पठाउने हो र ति बनेका कानून अनुसार कार्यान्वयनमा जाने हो ।
यदि जनप्रनितिधिले नै गलत काम गरे भने फेरि औंला उठाएर सजग बनाउने पनि हो । थापाले यो एउटा आत्मानुशासनको मार्ग भएको पनि बताए ।
कार्यक्रममा रामप्रसाद कोइरालाले ३४ वर्ष अगाडी एउटा नासुले निर्वाचन हाँकेको आफ्नो जागिरे कालको अनुभव सुनाए । बिस्तारै तामझामका साथ निर्वाचन हुन थाले तर पछिल्ला वर्षहरुमा ति तामझाममा कटौती हुन थालेकोले बिस्तारै परिवर्तन भईरहेको बताए । निर्वाचन आयोग पनि लागिरहेको र मतदाता शिक्षाको पहुँच सबैमा पुग्न थालेको आभाष भएको उनले बताए ।
गैसस महासंघ गण्डकीका कार्यबाहक अध्यक्ष पदमराज पहारीले अझैं पनि महिला सहभागितामा दलहरुले कन्जुस्याई गरिरहेको बताए ।
इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले लोकतन्त्र भएको मुलुकमा विधि र पद्धतिको शासन व्यवस्थालाई स्थापित गर्नुपर्ने बताए । उनले भने, यदि विधि र पद्धतिको जित हुन्छ भने हारेर पनि जितकाे अनुभूति दिलाउनु महत्वपूर्ण कुरा हो ।
माओवादी केन्द्रका नेता जनकराज पराजुलीले लोकतन्त्रलाई बलियो बनाउन निर्वाचन एक सबल माध्यम भएकोले विधि र पद्धतिलाई संस्थागत गर्नका लागि आफुहरु प्रतिवद्ध भएको बताए ।
नेपाली कांग्रेस कास्कीका कार्यबाहक सभापति रामबाबु भण्डारीले निर्वाचनमा जसरी पनि जित्नुपर्छ भन्ने कुरालाई त्याग्नु पर्ने बताए । स्वतन्त्र रुपमा निर्वाचनलाई सफल पार्नुपर्छ, उनले भने ठूला पार्टी भएर मात्रै हुँदैन उनीहरुले आचरण र व्यवहारलाई पनि सुधार गर्नुपर्छ । अहिले नयाँ आएका शक्तिहरु चुनौतीको रुपमा खडा भएकोले जनमुखि भएर काम गर्नैपर्नेमा जोड दिए ।
एमाले कास्कीका सचिव हीरा गिरीले स्थानिय निर्वाचनमा जस्तै अहिले पनि महिलाको सहभागिता कमि भएको बताईन्। दलहरुले अझैं पनि महिला सहभागितामा धेरै चासो नदिएको उनको भनाई थियो ।
राजनीतिशास्त्र विभाग, पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक तथा सयपत्री समाजका निर्देशक अधिवक्ता गिरधारी सुवेदीले लोकतन्त्रमा नागरिकको आवाजको सुनवाई हुनुपर्नेमा जोड दिदैं नागरिकका लागि काम गरिरहँदा लोकतान्त्रिक मूल्यमान्यता स्थापना हुनुपर्ने बताए ।
अधिवक्ता सुवेदीको सहजिकरण रहेकाे कार्यक्रम सयपत्री समाजका अध्यक्ष प्रा.डा.कृष्ण बहादुर केसीको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा उनले लोकतन्त्रलाई सबल बनाउन निर्वाचन उत्तम मार्ग भएको बताए । केसीले प्रजातान्त्रिक आचरण अनुसार संविधानमा लेखिए अनुसारको समावेशीतालाई बढाएर जान आवश्यक भएको बताउँदै दलहरुकाे ध्यानाकर्षण गराए ।








काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



