
काठमाडौं, २० कार्तिक । सानिमा क्यापिटलकाे सानिमा ग्रोथ फण्डको इकाईका लागि आवेदन दिने म्याद यहि कार्तिक ३० गतेसम्म लम्बिएकाे छ । क्यापिटलले कात्तिककाे १६ गतेदेखि सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो बन्दमुखि योजना ल्याएकाे थियाे ।
क्यापिटलले साे ग्रोथ फण्डको प्रतिइकाई १० रुपैयाँका दरको १२ करोड बराबरकाे इकाई निष्काशन गरेको थियाे । त्यसबाट १ करोड ५६ लाखकाे १३ प्रतिशत इकाई कोषकाे प्रबर्धक रहेकाे सानिमा बैंकका लागि रहेकाे छ ।
२४ लाख इकाई भने योजना व्यवस्थापक रहेकाे सानिमा क्यापिटल लिमिटेडका लागि रहेकाे छ। इकाईका लागि लगानी गर्न चाहने लगानीकर्ताले बाँकी रहने १० करोड २० लाख इकाईका लागि आवेदन दिन पाउनेछन्।
सानिमा ग्रोथ फण्डको इकाईका लागि लगानीकर्ताले घटीमा १०० बढीमा १ करोड २० लाख इकाईका लागि आवेदन दिन पाउने भएका छन्।
यसका लागि सेबाेनबाट अनुमति लिएका सि-आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र शाखा कार्यालयबाट आवेदन दिन पाइनेछ। यो फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



