
काठमाडौं, २० कात्तिक । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्न सेयरधनीहरुलाई लाभांशको घोषणा गरेको छ । बैंकले आफ्नो हाल कायम रहेको चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि ७.६८ प्रतिशत नगद लाभांश गरी कुल २०.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
गत कात्तिक १८ गते शुक्रबारको बैंकको सञ्चालक समितिको बैठकले उक्त दरको लाभांश वितरण गर्ने निर्णय गरेको बैंकले जनाएको छ । यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सम्बन्धित सेयरधनीको खातामा आउनेछ ।
बैंकसँग हाल ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार २०९ रुपैयाँ चुक्ता पुँजी रहेको छ । प्रस्तावित बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी १० अर्ब ६५ करोड २८ लाख ९४ हजार ४३६ रुपैयाँ १० पैसा पुग्ने बताइएको छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



