सिवाईसी नेपाल लघुवित्तको नाफामा उल्लेख्य गिरावट

-



     सफल आवाज    
     कार्तिक २० गते २०७९ मा प्रकाशित



काठमाडौं, २० कात्तिक । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा पहिलो त्रैमासमा घटेको छ । लघुवित्तले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा घटेको पाइएको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । तर समीक्षा अवधिमा भने लघुवित्तको खुद नाफा १ करोड ५१ लाख ३७ हजार रुपैयाँमा सीमित भएको छ । यो आँकडा अघिल्लो वर्षको तुलनामा ४४.७३ प्रतिशतले कम हो ।

यसरी उल्लेख्य परिमाणमा नाफामा गिरावट आउनुमा लघुवित्तको कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढेका मुख्य कारण रहेको छ । यो अवधिमा खुद ब्याज आम्दानी बढे पनि लघुवित्तको अन्य खर्च बढेका कारण नाफा घटेको विवरणले देखाएको छ ।

यो अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३६.१० प्रतिशत बढेको छ । यस्तै कुल सञ्चालन आम्दानी पनि ४०.३३ प्रतिशतले बढेको छ । सञ्चालन मुनाफा भने ५.५५ प्रतिशतले घटेको छ ।

यो अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३६.१० प्रतिशत बढेको छ । यस्तै कुल सञ्चालन आम्दानी पनि ४०.३३ प्रतिशतले बढेको छ । सञ्चालन मुनाफा भने ५.५५ प्रतिशतले घटेको छ । पहिलो त्रैमासमा लघुवित्तको नाफामात्र नभई प्रति सेयर आम्दानी अर्थात् ईपीएसमा पनि गिरावट आएको छ । यो अवधिमा लघुवित्तको ईपीएस ८३ रुपैयाँ ६३ पैसा घटेर ४९ रुपैयाँमा ७८ पैसामा सीमित भएको छ ।