युक्रेनका तर्फबाट रुसविरुद्ध युद्ध लड्ने एक ताइवानीको मृत्यु

-



     सफल आवाज    
     कार्तिक २० गते २०७९ मा प्रकाशित



किएभ, २० कात्तिक । रुस र युक्रेनबीच चलरहेको युद्धमा एक ताइवानी नागरिकले मृत्युवरण गरेका छन् । यूक्रेनका तर्फबाट रुसविरुद्ध युद्ध लडिरहेका ताइवानी नागरिक त्सेङ शेङ कुअङको मृत्यु भएको अन्तरराष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।

ताइपेइमा रहेको ताइवानी विदेश मन्त्रालयले युक्रेन-रुसको युद्धमा ताइवानी नागरिकको मृत्यु भएको पुष्टि गरेको छ । युक्रेनका फिल्ड कमाण्डरले स्वयंसेवकका रुपमा रुसविरुद्ध युद्ध लडिरहेका ताइवानी नागरिकको मृत्यु भएको जनाएका छन् ।

मारिने व्यक्ति युक्रेनमा स्वयंसेवक सैनिकहरुको बटालियनमा कार्यरत रहेको बताइएको छ । उनको मृत्युको आधिकारिक कारण भने खुलेको छैन । उनी युक्रेनको पूर्वी सहर लुहान्स्कमा लडाईँको क्रममा घाइते भएका थिए। उनको निधन उपचारका क्रममा भएको अन्तराष्ट्रिय सञ्‍चारमाध्यमहरुले जनाएका छन् ।