
मोगादिसु, २० कात्तिक । मोगादिसुको दक्षिणी भागमा रहेको सैन्य प्रशिक्षण शिविरको प्रवेशद्वारमा शनिबार साँझ भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जानकारी दिएका छन् ।
हताहत हुनेहरूमा सर्वसाधारण र नयाँ भर्ती भएकाहरु रहेका गारोवे न्यूज पोर्टलले एक सैन्य अधिकारीलाई उद्धृत गर्दै जानकारी दिएको छ । यस आक्रमणमा परी धेरै मानिसहरू घाइते भएका जनाइएको छ । इस्लामिक लडाकू समूह अल–शबाबले यस आक्रमणको जिम्मेवारी लिएको छ ।
इस्लामवादी लडाकू समूह अल–शबाबले आक्रमणको जिम्मेवारी लिएका अन्य स्थानीय सञ्चार माध्यमले पनि जानकारी दिएको छ । सोमालियाको हिरान क्षेत्रको एउटा गाउँमा गत बिहीबार साँझ सरकार समर्थक मिलिशियाले समर्थन गरेको सोमाली राष्ट्रिय सेनाले एक सय भन्दा बढी अल–शबाब लडाकूहरुलाई मारेको जनाइएको छ ।
एक हप्ताअघि मोगादिसुमा सोमालियाको शिक्षा मन्त्रालयको भवनलक्षित गरी दुईवटा कार बम विष्फोटमा कम्तीमा एक सय जनाको मृत्यु हुनुका साथै तीन सय भन्दा बढी घाइते भएका थिए । अल–शबाबले सोमालियाको केन्द्रीय सरकारलाई ध्वस्त पार्न र इस्लामिक कानूनको कडा व्याख्याको आधारमा आफ्नै शासन स्थापना गर्न एक दशकभन्दा बढी समयदेखि लडिरहेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




