एम्बुसमा यमनी जनरल मारिए

-



     सफल आवाज    
     कार्तिक २३ गते २०७९ मा प्रकाशित



एडेन, २३ कात्तिक । अज्ञात बन्दुकधारीहरूले यमनको उत्तरपूर्वीमा पर्ने तेलको धनी प्रान्त मारिबमा मङ्गलबार एक जनरलको गोली हानी हत्या गरेको एक सुरक्षा अधिकारीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।

एडेन, २३ कात्तिकअज्ञात बन्दुकधारीहरूले यमनको उत्तरपूर्वीमा पर्ने तेलको धनी प्रान्त मारिबमा मङ्गलबार एक जनरलको गोली हानी हत्या गरेको एक सुरक्षा अधिकारीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमन सरकारका जनरल मारिएका समाचारमा जनाइएको छ । सरकार नियन्त्रित प्रान्त मारिबमा मास्क लगाएका बन्दुकधारीहरूले आफ्नो स्वचालित राइफलबाट गोली हानेर जनरल मोहम्मद अल–जरादी र उनका अंगरक्षकको हत्या गरेका एक अधिकारीले नाम नबताउने सर्तमा जानकारी दिएका छन् ।

अल–जरादी सहरमा आफ्नु कार्यबाट फर्कदै गर्दा बन्दुकधारीहरुले उनलाई बोकेको सैन्य गाडीमा बन्दुक प्रहार गरेका नाम बताउन नचाहाने ती अधिकारी जानकारी दिएका हुन् । अल–जरादी साउदी अरेबियासमर्थित यमनी सरकारी सेनाका एक वरिष्ठ कमाण्डर थिए। उनले व्यक्तिगत रूपमा विगतका वर्षहरुमा हुथी विद्रोहीविरुद्ध ठूलो मात्रामा सैन्य कारबाहीको नेतृत्व गर्दै आएका थिए।

आक्रमणकारीहरु गोली चलाएर भाग्न सफल भएका थिए । स्थानीय सुरक्षाबलहरुले हत्याको अनुसन्धान सुरु गरिसकेका अधिकारीहरुले जानकारी दिएका छन् ।तेलको धनी प्रान्त मारिबलाई कब्जामा लिएर साउदी अरेबियासमर्थित यमनी सरकारी सेना र हुथी विद्रोही विद्रोहीबीच बारम्बार भीषण लडाईहरु भइरहेका छन् ।

यमनको सन् २०१४ अन्तमा गृहयुद्ध भड्कियो जब हुथी समूहले देशको उत्तरी धेरै भागमा आफ्नो नियन्त्रण कब्जा गर्यो र अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई राजधानी सानाबाट बाहिर निकालेको थियो ।