
काठमाडौं, २३ कात्तिक । पाइलट विजय लामालाई उडानमा रोक लगाइएको छ । विमान आकाशमा विमान उडाइरहँदा अन्तर्वार्ता दिएपछि उनलाई उडानमा रोक लगाइएको हो । लामा नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट हुन् ।
उनले केही दिनअघि साम चुई विदेशी भ्लगरलाई विमान उडाइरहेकै समयमा ककपिटबाट भिडियो अन्तर्वार्ता दिएका थिए । अनुमतिबिना ककपिटमा चालक दलका सदस्य बाहेक अन्य व्यक्तिको प्रवेश निषेधित हुने भएकाले यसरी अन्तर्वार्ता दिनु नियम विपरीत हुन्छ । पाइलटले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको पूर्व अनुमति लिएर भने फोटो वा भिडियो खिच्न पाउने व्यवस्था छ ।
तर पाइलट लामाले एभिएसन भ्लगर साम चुईलाई भिडियो अन्तर्वार्ता दिँदा पूर्व अनुमति नलिएका कारण उडानमा रोक लगाएर छानबिन गरिने भएको हो । यो छानबिनको प्रतिवेदन नआएसम्म उनको नाम उडानको रोष्टरबाट हटाइने प्राधिकरणले जनाएको छ ।
चुईले दुबईबाट काठमाडौं आउने क्रममा विमान चालक विजय लामा र को-पाइलट सञ्जयकासाथै विमान परिचारिकाहरुसँग कुराकानी गरेका थिए । नेपाल एयरलाइन्सको ए ३३० विमानबाट लिएका दृश्य तथा भिडियो पनि उनले सार्वजनिक गरेका छन् ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



