
न्यूयोर्क, २३ कात्तिक । नेपाली मूलकी सरहाना श्रेष्ठ अमेरिकाको स्टेट एसेम्बलीको चुनाव जितेकी छिन् । उनले न्यूयोर्क स्टेट लेजिस्लेचरको १०३ औं चुनावमा डेमोक्र्याटका तर्फबाट रिपब्लिकन उम्मेदवार प्याट्रिक सिहानलाई पराजित गर्दै विजयी भएकी हुन् । गत मंगलबार भएको चुनावमा श्रेष्ठले ३५ हजार ४९३ तथा सिहानले २३ हजार १०४ मत पाएका थिए ।
सन् २०१९ मा अमेरिकी नागरिक बनेकी श्रेष्ठले गत जुनमा लामो समयदेखि सांसद रहँदै आएका केभिन काहिल, डी-किङ्सटनलाई प्राइमरीमा हराउँदै नोभेम्बर ८ को चुनावमा उम्मेदवार बनेकी हुन् ।
सोही चुनावमा डेमोक्र्याटबाटै नेपाली मूलका अर्का डा. ह्यारी भण्डारीले पनि चुनाव जितेका छन् । उनी मेरिल्याण्डको डिस्ट्रिक ८ बाट राज्यको जनरल एसेम्बलीमा दोस्रो कार्यकालका लागि राज्य सांसदका रूपमा निर्वाचित भएका हुन् । अमेरिकामा मध्यावधि चुनाव अन्तर्गत मंगलबार मतदान भएको हो । संघीय माथिल्लो सदन सिनेट, तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभसँगै विभिन्न राज्यका गभर्नर तथा राज्य संसदका लागि चुनाव भएको बताइएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




