
पोखरा, २३ कार्तिक । मंगलबार बर्खास्त गरिएका गण्डकी प्रदेश सरकारका उर्जा मन्त्री हरिशरण आचार्यले आफुलाई राजनीतिक प्रतिशोध साँधेर बर्खास्त गरिएको बताएका छन् । औपचारिक रुपमा आफुलाई बर्खास्त गरेको थाहा नदिए पनि बर्खास्तमा परेपछि स्वाभिमानका साथ बुधबारबाट हाँसिखुसिका साथ मन्त्रालय छोडेको बताए ।
आज मन्त्रालयमै पत्रकारहरुसंग भेटघाट गरेर आचार्यले अब राजनीतिले नयाँ परिस्थितिको माग गरेको र आफ्नो राजनीतिक जीवन यात्रा नयाँ गोरेटोमा अगाडी बढ्ने कुरा निश्चित भएको बताए । उसो त मलाई मन्त्री भएको दिनबाटै बर्खास्त गर्न सकिन्छ भन्ने लक्ष्यण् देखिएका थिए । यहाँसम्म आईपुग्न म स्वाभिमानपूर्वक लाग्दै आएकाे हाे । मुख्यमन्त्रीका निर्णयका विरुद्ध, पार्टी र नेताको गलत प्रवृत्तिका विरुद्ध बाेलेकाे हाे । तर उनीहरुलाई सह्य भएन।
निष्कलंक ढंगले मन्त्रालयको काम गरेकोले देशकै मन्त्रालयहरुमै उत्कृष्ट कार्यसम्पादन गरेका मन्त्रालयहरुमा आफुले सम्हालेको उर्जा मन्त्रालय परेकोमा गर्व लागेको बताए । उनले भने, ममाथि राजनीतिक प्रतिशोध साँधिएको हो । म कसैको प्रचारमा हिडेको होईन र छैन बरु उल्टै उनीहरुले उनीहरुकै विरुद्ध भण्डाफोर गर्ने बाटो बनाई दिए । मलाई त झन् सजिलो भएको छ । अब खुलेर यस्तो प्रबृत्तिको भण्डाफाेर र प्रतिवाद गर्छु ।
डा.बाबुराम भट्टराईसंगको राजनीतिक यात्रा सकियो
डा.बाबुराम भट्टराईसंगको राजनीतिक यात्रा सकियो । आचार्यले भने, भट्टराईले ९ अर्ब रुपैयाँको चक्करमा प्रचण्ड, केपि ओली र शेर बहादुर देउवा लागेको भनेको कुरा रेकर्डमा छ । बुढीगण्डकी त्यसकै कारण अलपत्र परेको भन्ने प्रमाण आफुसंग भएको भट्टराईले भनेको कुरा दुनियाँले थाहा पाएको छ । अहिले गोरखामा उनै प्रचण्डलाई बोकेर भोट माग्दै उहाँ जस्तो महान मान्छे, नेता कोहि छैन भन्दै हिडिरहनु भएको छ, उनले भने ।
हो यस्तो चरित्र मलाई मन नपरेर बोल्दै आएको थिएँ । मैले यसका विषयमा पार्टीमा खरो रुपमा कुरा उठाएको थिएँ । आचार्यले भने, गठबन्धनको बैठकमा पनि बोलेको थिएँ । तर डा.भट्टराईले गोरखाका जनतालाई धोका दिएर प्रचण्डलाई अगाडी सारेर उहाँको गुणगान गाउँदै हिंडेका छन्।
बाबुराम किन आतंकित हुनुभयो बुझ्न सकिएन । वा प्रचण्ड, देउवा र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल किन आतंकित हुनुभयो यो कुरा बुझ्न सकिएन उनले भने । यदि बेथिति, बिसंगतिका विरुद्धमा बोल्यो, अनियमितताका बारेमा बोल्न लागेर हो भने त मैले स्वाभिमानपूर्वक भन्नै पर्छ त्यस्तो काम गर्न नदिएकै हो । तर उहाँहरुले जनताकोहित विपरितका काम पनि गर्नुभयो । त्याे मैले सहने भन्ने कुराे भएन ।
बाबुरामले राजनीतिमा सहि ढंगले ट्रयाक लिएको भए अहिले भताभुंगको स्थिति हुने थिएन । बैकल्पिक राजनीतिक शक्ति भईसक्थ्यो । तर भट्टराई आफैं विचलित भए । पार्टीलाई कहिले फोरमसंग मिसाईदिने, कहिले समाजवादीसंग मिसाईदिने, भ्रम मात्रै छरेर नाटक गर्दै हिडे बाबुराम, आचार्यले भने ।
अहिलेको अवस्थामा पनि बैकल्पिक राजनीतिक शक्तिको आवश्यक्ता भएको बताए । उनले भने, अब देशव्यापी रुपमा बैकल्पिक राजनीतिक शक्तिको उदय भएर जाने तरखरमा रहेको र युवा पुस्ताका स्वतन्त्र अभियन्ताहरुसंग कार्यगत कुराहरु भईरहेको उनले बताए ।
सरकारबाट बर्हिगमन हुँदा पीडा त होला नि ? भन्ने पत्रकाको जिज्ञासामा उनले भने, राजनीतिक यात्रामा हरेक मान्छेले भोग्नुपर्छ र पचाउन सक्नुपर्छ त्यसैले मलाई कुनै दुःख छैन, उनले भने ।
उनले आफु मन्त्रीको पदमा स्वाभिमानपूर्वक आएकोले र स्वाभिमानपूर्वक छोडेको बताए । मलाई आधिकारीक पक्षले औपचारीक रुपमा कुनै प्रकारको जानकारी नदिएको भएपनि हाँसिखुसिका साथ बिदा भएको छु उनले भने ।
सरकारका कतिपय गलत कार्यको चर्को आलोचना गरेको गठबन्धनका नेता, मन्त्रीहरुलाई मन परेको थिएन । प्रदेशका ११ वटै जिल्लामा संतुलित वजेटको लागि अग्रसर भईरहेकाे स्मरण गरे । तर उनले वजेट एउटै वडामा कति गयो, कस कसका प्रतिष्ठानका नाममा वजेट गयो सबैलाई थाहा भएको पनि बताए । हो यस्ता गतिविधिहरुलाई मैले महत्व नदिदा उनीहरुलाई मन परेन ।
संसद एक्लै बहिस्कार गरे, करका दर बढाएका कुराहरु, वजेटका नमिल्दाका शिर्षकहरु मिलाउने कुराहरुमा बोल्दा सायद उनीहरुलाई पाच्य भएन होला ।
उनले अझैं नेपालको राजनीतिमा युवा पुस्ताको नेता भएर सुशासन, समृद्धि र सुसंस्कृत राजनीति गर्न चाहेको बताए । बेईमानि गर्नुहुन्न । अरुलाई होच्याउनु हुन्न मन्ने मान्यता मेरो रहेको छ ।
बाबुराम प्रचण्ड राजा, महाराजहरु जस्तै भए
मलाई टिकट दिईएन । मैले पार्टीमा बैचारिक रुपमा कुरा गरेको हो । बरु अहिले बाबुराम प्रचण्ड राजा, महाराजहरु जस्तै भएको आचार्यले बताए । काम राजाको जस्तो भयो । त्यो प्रवृत्तिको विरोध गर्दा बाबुरामले खल्तिको मान्छेलाई टिकट दिए पनि गोरखामा तीन ठूला नेताहरु गुमाएको बताए । कोहि नेता छैनन् उनका । गाउँमा बाबुरामको चर्को आलोचना भईरहेको छ ।
प्रचण्डले छोरीलाई नेतृत्व हस्तान्तरण गर्दै जाने र बाबुरामले पनि त्यहि नक्कल गरे । यो त उहिले राजाले छोरालाई राजगद्दि छोड्दै आएको जस्तो काम भयो । बाबुरामको पछि लागेर अब केहि हुन सक्दैन भन्ने हामी निचोडमा पुगेका छौं उनले भने । उनको व्यवहार बिरालोले म्याउ गर्छ भने झैं भएको छ । उनको आदर्श र मूल्यमान्यता नै म्याउ हो । आचार्यले बाबुरामसंग राजनीतिक यात्रा सकिएको र नयाँ ढंगको राजनीतिक यात्रा गर्ने बताए ।
मन्त्रालयमा आजै बिदाई

यसैबीच मन्त्री आचार्यलाई आजै उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालयका उच्च पदस्थ तथा अन्य कर्मचारीहरुले बिदाई गरे । उनीहरुले मन्त्री आचार्यको संगत दाजुभाईको जस्तो लागेको र काम गर्न सजिलो भएको सुनाए । उनीहरुले भने इतिहासमै अभिभावक जस्तो मन्त्री पाएको बताए ।
उनीहरुले आफुहरुलाई नयाँ आउने मन्त्रीले कहिल्यै पनि फोन गरेर के छ मन्त्रालयको खबर ? के छन् समस्या भनेर आएकै दिन गर्नुभयो तर अन्यले गरेका थिएनन् । उहाँले मन्त्रालयमा मिलनसार भएर साथीभाईको रुपमा सरल व्यवहार गरेको बताए । उहाँबाट धेरै कुराहरु अनुभव गर्न पाएको र टीममा रहेर काम गर्दाका क्षणहरु नबिर्सिने खालका भएको बताए ।







काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



