
काठमाडौं, २३ कात्तिक । केन्द्रीय बैंकले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । बैंकले हालै सार्वजनिक गरेको आन्तरिक ऋण निष्कासन गर्ने तालिकाले यस्तो पुष्टि गरेको हो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तालिका अनुसार दोस्रो त्रैमासिकमा ३० अर्ब, तेस्रो त्रैमासिकमा ८८ अर्ब र चौथो त्रैमासिकमा १ खर्ब ३८ अर्ब आन्तरिक ऋण उठाइने भएको हो ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षभित्र दुई खर्ब ५६ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएकोमा विभिन्न त्रैमासिकमा गरी ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रसहितका मौद्रिक उपकरणहरु बिक्री गरेर उक्त परिमाणमा ऋण उठाउने केन्द्रीय बैंकले जनाएको छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



