कोरोनाका १६ सङ्क्रमित थपिए, १३ जना डिस्चार्ज

-



     सफल आवाज    
     कार्तिक २४ गते २०७९ मा प्रकाशित



काठमाडौं, २४ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी १ हजार ८३७ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये १६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

६१४ जनाको पीसीआर गर्दा ९ जनामा तथा १ हजार २२३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट १३ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । आज थपिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय ६३ मा आइपुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा ३४ हजार २७५ जनाले कोरोनाविरुद्धको खोप लगाएको तथ्याङ्क प्राप्त भएको छ । देशमा कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि पछिल्लो समय सरकारले मास्क लगाउने, भिडभाडमा नजाने तथा सामाजिक दूरी कायम गर्नेजस्ता सुरक्षात्मक उपाय अवलम्बन गर्न सबैमा आग्रह गर्दै आइरहेको छ ।