
जेनेभा, २४ कात्तिक । संयुक्त राष्ट्रसङ्घका प्रमुखहरूले युक्रेन र रूसबाट ‘ब्ल्याक सी’ सम्झौता अन्तर्गत खाद्यान्न र मल निर्यात गर्ने सम्बन्धमा शुक्रबार जेनेभामा रूसी अधिकारीहरूसँग वार्ता हुने भएको छ ।
संयुक्त राष्ट्रसङ्घका एक प्रवक्ताले एएफपीसँग भने, “यो छलफलले रूसी महासङ्घबाट विश्व बजारमा खाद्यान्न र मलको निर्बाध निर्यातलाई सहजीकरण गर्ने दिशामा भएको प्रगतिलाई अगाडि बढाउने आशा गरिएको छ । यसैबीच, रूसले युक्रेनको प्रमुख सहर खेरसनबाट सेना फिर्ता गर्ने भएको छ ।
मस्कोले आफ्नो नियन्त्रणमा रहेको उक्त सहरबाट आफ्ना सैनिकलाई फिर्ता हुन आदेश दिएको केवल न्युज नेटवर्क (सिएनएन)ले जनाएको छ । रक्षामन्त्री सर्गेई शोइगु र युक्रेनमा खटिएका रूसी सेनाका कमाण्डर जनरल सर्गेई सुरोभिकिनबीच मस्कोमा भएको बैठकपछि सेना फिर्ताको आदेश भएको हो ।
यद्यपि युक्रेनी अधिकारीहरूले आफ्नो पकड सुदृढ तुल्याउन दुई दिशाबाट अगाडि बढिरहेको बेला रूस पछि हटेको बताएका छन् । उनीहरूले रूसी घोषणाप्रति आशङ्का व्यक्त गरेका छन् । रूसी सैनिकले खेरसन छाड्ने कुनै सङ्केत नदेखाएको उनीहरूले बताए ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




