ट्रेजरी बिल खरिदमार्फत् साढे २८ अर्ब तरलता बजारमा

-



     सफल आवाज    
     कार्तिक २५ गते २०७९ मा प्रकाशित



काठमाडौं, २५ कात्तिक । नेपाल राष्ट्र बैंकले बैंकहरूसँग भएको २८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल खरिद गरेको छ । यसरी ट्रेजरी बिल खरिद गरेर केन्द्रीय बैंकले शुक्रबार उक्त परिमाणको तरलता बजारमा पठाएको हो । राष्ट्र बैंकले आगामी चैत मसान्तसम्म भुक्तानी मिति बाँकी भएको २८ अर्ब ५० करोड बराबरको ट्रेजरी बिल सोझै खरिद गरेको हो ।

ट्रेजरी बिल सरकारले एक वर्षभन्दा कम अवधिको लागि निष्कासन गर्ने ऋणपत्र हो । यसको अवधि २८, ९१, १८२ र ३६४ दिनको हुने गर्छ । बैंक तथा वित्तीय संस्थाले ३४ अर्ब ९० करोड रुपैयाँको ट्रेजरी बिल राष्ट्र बैंकलाई बिक्री गर्ने प्रस्ताव गरेका थिए । तर, २८ अर्ब ५० करोडको मात्र ट्रेजरी बिल राष्ट्र बैंकले खरिद गरेको हो । बजारमा तरलता अभावका कारण समस्या उत्पन्न भइरहेका बेला यति तरलताले पनि केही दिन सहज बनाउने अपेक्षा गरिएको छ ।