वीरगञ्जमा नि:शुल्क स्वास्थ्य शिविर, १ सयभन्दा बढी लाभान्वित

-



     सफल आवाज    
     कार्तिक २८ गते २०७९ मा प्रकाशित



वीरगञ्ज, २८ कात्तिक । विश्व मधुमेह दिवसको उपलक्ष्यमा लायन्स क्लब आफ वीरगञ्ज आदर्शनगर तथा ग्रिन सिटी सामुदायिक सेवा केन्द्रको आयोजनामा नि:शुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । १४ नोभेम्बरका दिनलाई विश्व मधुमेह दिवसका रुपमा मनाउने चलन छ ।

वीरगञ्जको आदर्शनगर चौकमा बिहान ७ बजे देखि शुरु भएको उक्त नि:शुल्क स्वास्थ्य परीक्षण शिविरमा वीरगञ्ज आसपासका स्थानिय लगायत करिब १ सय जनाभन्दा बढीले आफ्नो स्वास्थ्य परीक्षण गराएको ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिए ।

शिविर डा. निरज सिंह, डा. राम अवतार खेतान, डा. जगदीश अग्रवाल, ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका सचिव मुरली जलान लगायतको सहभागितामा सम्पन्न भएको थियो ।