
वाशिङ्टन, २९ कात्तिक । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनीले अमेजनले यो हप्ता १० हजारभन्दा बढी कर्मचारी हटाउने भएको छ । हालै न्यूयोर्क टाइम्समा छापिएको नयाँ रिपोर्ट अनुसार अमेजनको यो कदम केही समयअघि ट्विटर र मेटाले खर्च व्यवस्थापनका लागि अपनाएको तरिका जस्तै हुनेछ ।
गत हप्ता फेसबुकको मूल कम्पनी मेटाले ११ हजार कर्मचारीहरूलाई हटाउने घोषणा गरेको थियो । नाफा घट्न थालेपछि यस्ता बहुराष्ट्रिय कम्पनीहरुले खर्च व्यवस्थापनका लागि विश्वव्यापी रुपमा कर्मचारी कटौती गर्ने गरेका छन् ।
रिपोर्ट अनुसारले अमेजनले एलेक्साको कटौतीमा सञ्चालित उत्पादनहरू समावेश भएका उपकरण व्यवसाय, मानव संसाधन र आफ्नो खुद्रा इकाईमा रहेका कर्मचारी पर्न सक्ने जनाइएको छ । समाचारअनुसार कटौती हुने १० हजार कर्मचारीमध्ये कम्पनीको कर्पोरेट श्रेणीका ३ प्रतिशत र अन्य समग्र कार्यबलको १ प्रतिशत रहने पनि आकलन गरिएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




