
पोखरा, २९ कार्तिक । गण्डकीका प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का बर्खास्तमा परेका छन् ।
बर्खास्तमा पर्ने मन्त्रीहरुमध्ये उनी दोश्रो क्रममा परेका छन् । यसअघि उर्जामन्त्री हरिशरण आचार्य बर्खास्तमा परेका थिए । मन्त्री खड्कालाई बर्खास्त गर्नुको कारण कास्की क्षेत्र नं २ (२) का उम्मेदवार विन्दुकुमार थापालाई चुनावमा सहयोग नगरेको बताईएको छ ।
सरकारका प्रवक्ता समेत रहेका खड्का क्षेत्र नं २ (२) का आकांक्षी उम्मेदवार रहेका थिए । साथै चुनाव जितेर उनी मुख्यमन्त्री बन्ने तरखरमा थिए ।
प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का बर्खास्तमा परेपछि उक्त मन्त्रालय हाल मुख्यमन्त्री कृष्णचन्द्र पाेखरेल नेपालीले अाफ्नाे मातहतमै राखेका छन ।







काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



