
काठमाडौं, ३० कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । आयोगले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका लामिछानेलाई उनको ‘उम्मेदवारी किन रद्द नगर्ने’? भन्दै स्पष्टीकरण सोधेको हो ।
लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेको भन्दै उम्मेदवारी खारेज गर्नुपर्ने माग सहित राजकुमार पाण्डेले निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार उजुरी दर्ता गराएका थिए । निर्वाचन आयोगले मंगलबारै यसबारे कानूनी व्यवस्था अनुसार चितवन–२ को निर्वाचन अधिकृतको कार्यालयमा जानकारी गराएको र निर्वाचन अधिकृतले सम्बन्धित व्यक्तिबाट स्पष्टीकरण प्राप्त गरेर आयोगमा पठाइसकेपछि थप प्रक्रिया अघि बढ्ने बताएको थियो ।
लामिछानेको नागरिकताबारे प्रश्न उठाउँदै परेको उम्मे्दवारी खारेजीको उजुरी सम्बन्धमा आयोगले आज स्पष्टीकरण सोधेको हो । लामिछाने विरुद्ध परेको उजुरीमा लामिछानेले अमेरिकाको नागरिकता लिएपछि नेपालको नागरिकता स्वतः खारेज भएको र अमेरिकाबाट फर्किएपछि पुनः नागरिकताका लागि प्रक्रिया अघि नबढाइको उल्लेख छ ।
उता चितवन २ को निर्वाचन अधिकृतको कार्यालयले भने लामिछानेले खारेज भएको नागरिकताअनुसार उम्मेदवारी दिएको बताउँदै नागरिकता ऐनको दफा ११ मा नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता पाएपछि फेरि नेपालमा आएर बसेको र उक्त नागरिकता त्यागेको निस्सा पेस गरेमा नागरिकता पुनः कायम हुने व्यवस्था रहेको जनाएको छ ।
चितवन २ को निर्वाचन अधिकृतको कार्यालयले उजुरी परेपछि लामिछानेलाई सात दिनभित्र स्पष्टीकरण दिन पत्र पठाइएको बताएको छ । लामिछानेले भने आफूले ४ वर्षअघि नै सुल्झाइसकेको विषयलाई निर्वाचनका बेला ‘अफवाह’ बनाइएको आरोप लगाएका छन् ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



