कोरोनाका सक्रिय संक्रमित घट्‍ने क्रम जारी

-



     सफल आवाज    
     मंसिर २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७७८ जनाको पीसीआर विधिमार्फत् नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

उक्त अवधिमा देशभरबाट १७ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । आज थपिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सय ४४ मा आइपुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा कोरोनाविरुद्धको खोप लगाएकाको तथ्याङ्क प्राप्त भएको छैन । देशमा कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि पछिल्लो समय सरकारले मास्क लगाउने, भिडभाडमा नजाने तथा सामाजिक दूरी कायम गर्नेजस्ता सुरक्षात्मक उपाय अवलम्बन गर्न सबैमा आग्रह गर्दै आइरहेको छ ।