
सान फ्रान्सिस्को, ४ मङ्सिर । संयुक्त राज्य अमेरिकाको वाशिंगटन राज्यको स्नोहोमिश काउन्टीको हार्वे फिल्ड एयरपोर्टको पूर्वमा जमिनमा एक सानो विमान दुर्घटना भएको छ । दुर्घटनामा परी ४ जनाको मृत्यु भएको अनुसन्धानकर्ताहरुले घोषणा गरेका छन् ।
सेस्ना २०८ बी विमान रेन्टनबाट उडेको करिब एक घण्टापछि दुर्घटना भएको हो । शनिबार बिहान स्नोहोमिश काउन्टी शेरिफको कार्यालयले विमानमा सवार सबै चार जनाको मृत्यु भएको पुष्टि गरेको थियो ।
स्नोहोमिश काउन्टी मेडिकल परीक्षकले पीडितहरूको पहिचान गरिरहेको छ । दुर्घटनाको राष्ट्रिय यातायात सुरक्षा बोर्ड र सङ्घीय उड्डयन प्रशासनद्वारा अनुसन्धान भइरहेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




