ऋणपत्र निष्कासन गर्न एनएमबि बैंकले सेबोनमा दियाे आवेदन

-



     सफल आवाज    
     मंसिर ५ गते २०७९ मा प्रकाशित


काठमाडौं, ५ मंसिर । एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने मनसायका साथ धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ । ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि आवेदन दिएको बैकले जनाएको छ । यो ऋणपत्र निष्कासनका लागि बैंकले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।

बैंकले जम्मा ४० लाख कित्तामध्ये १६ लाख कित्ता सर्वसाधारणका लागि र बाँकी रहेको २४ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने हेतुले सेबोनमा आवेदन दिएको बुझिएको छ ।

बैंकले १० वर्ष अवधि भएको र वार्षिक १० दशमलव ७५ प्रतिशत ब्याजदर दिनेग। ‘एनएमबि डिबेञ्चर १०.७५५ २०८९-२०९०’ नामक ऋणपत्र निष्कासन गर्न लागेको बताइएको छ । धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि उक्त ऋणपत्र निष्कासन हुनेछ ।