
मस्को, ५ मङ्सिर । चीन र रुसले आइतबार भिडियो लिङ्क मार्फत “श्रव्य दृश्य सञ्चार सप्ताह-२०२२” को प्रमुख सांस्कृतिक आदानप्रदान कार्यक्रम शुरु गरेका छन्।
चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनका उपप्रमुख ले युचेङ, रुसका डिजिटल विकास, सञ्चार तथा आमसञ्चार उपमन्त्री बेला चेर्केसोवा र चीनका लागि रुसी राजदूत इगोर मोरगुलोभले एक समारोहका बीच भिडियो सन्देशहरू दिएका थिए।
“चीन-रुस श्रव्य दृश्य सञ्चार सप्ताह-२०२२” मा दुई देशका श्रव्य दृश्य कृतिहरू एकअर्काको भाषामा अनुवाद गरी एकअर्काको देशमा प्रसारण गरिनेछ।
कार्यक्रममा चिनियाँ र रुसी युवा गायकहरूका लागि अनलाइन गाला (प्लेटफर्म), छोटो भिडियो प्रतियोगिता र एनिमेसन व्यवसायका फर्महरूका लागि लाभदायक हुने सेमिनार पनि समावेश हुनेछन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




