
भैरहवा, ५ मंसिर । गृहमन्त्री बालकृष्ण खाण उम्मेदवार रहेको रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ । रुपन्देहीको भैरहवा नमुना उच्च माध्यमिक विद्यालयमा दिउँसो २ बजेदेखि गणना सुरु भएको हो ।
रुपन्देहीको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाका अनुसार उक्त क्षेत्रको मायादेवी वडा नम्बर ७ र ८ को प्रतिनिधिसभा तर्फको मत गणना सुरु भएको हो । यसैगरी रुपन्देही ३ प्रतिनिधि सभा र ३(१) प्रदेशसभा प्रत्यक्ष तथा समानुपातिकतर्फको गणना सुरु गरिएको छ ।
योफ क्षेत्रमा कांग्रेसका केन्द्रीय सदस्य एंव गृहमन्त्री बालकृष्ण खाँण र तीन दलीय गठबन्धनबाट राप्रपाका वरिष्ठ नेता दिपक बोहरासहित २२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।
यो क्षेत्रमा ४६ वटा मतदान स्थल र १ सय ४६ वटा मतदान केन्द्र रहेका छन् । १ लाख ३२ हजार ७ सय ९१ मतदाता छन् भने यसपालीको निर्वाचनमा ९२ हजार ९ सय ७२ जनाले मतदान गरेको तथ्याङ्क छ । रुपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यो आँकडा समग्र मतदाताको ७०.५ प्रतिशत हुन आउँछ ।






काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१… 



