४ कोरोना सङ्क्रमित थपिए, १८ जना डिस्चार्ज

-



     सफल आवाज    
     मंसिर ५ गते २०७९ मा प्रकाशित



काठमाडौं, ५ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५९२ जनाको पीसीआर पद्धतिबाट नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

उक्त अवधिमा देशभरबाट १८ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । आज अद्यावधिक गरिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सय ६ मा झरेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा कोरोनाविरुद्धको खोप लगाएको तथ्याङ्क प्राप्त भएको छैन । देशमा कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि पछिल्लो समय सरकारले मास्क लगाउने, भिडभाडमा नजाने तथा सामाजिक दूरी कायम गर्नेजस्ता सुरक्षात्मक उपाय अवलम्बन गर्न सबैमा आग्रह गर्दै आइरहेको छ ।