
काठमाडौं, मंसिर ६ । कालिञ्चोक दर्शन लिमिटेडले मंसिर १४ गतेदेखि १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सेयर निष्काशन बताएकाे छ। साे सेयर कम्पनीले आयोजनाबाट प्रभावित भएका स्थानिय जनता र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गर्न लागेको जनाइएकाे छ ।
कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको २ प्रतिशतले हुने १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सेयर निष्काशन गर्ने भएकाे हाे । १० करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ८ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएकाहरुकाे लागि रहेकाे छ ।
सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटीमा १० कित्ता तथा बढीमा ४ हजार ९९० कित्ताका लागि आवेदन दिन पाउनेछन् । उता वैदेशिक रोजगारमा गएकाहरुले बढीमा १० हजार ८०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीका अनुसार वैदेशिक रोजगारमा गएकाहरुले मंसिर २८ गतेसम्म सेयरमा आवेदन दिन पाइनेछ । स्थानियले पनि साेहि अवधिसम्म आवेदन दिन पाउनेछन्। यस अवधिमा माग अनुसारकाे आवेदन नपरेकेा खण्डमा स्थानिय जनताले पुस १४ गतेसम्म आवेदन दिन सक्नेछन्।
सेयरमा लगानी गर्नका लागि बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग र कालिञ्चोक दर्शन लिमिटेडको कार्यालयमा आवेदन दिन सकिनेछ । यस्तै मेगा बैंक र सेञ्चुरी बैंकका दोलखाका शाखा कार्यालय तथा सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेकाे बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाइनेछ ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



