काठमाडौं‌–४ बाट कांग्रेसका गगन थापा विजयी

-



     सफल आवाज    
     मंसिर ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ मंसिर । काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका गगनकुमार थापा विजयी भएका छन् । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार ४५ हजार ९ सय २९ मत खसेकामा २१ हजार ३ सय दुई मत प्राप्त गर्दै थापा विजयी भएका हुन् ।

थापाका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का राजन भट्टराईले १३ हजार आठ सय ५५ मत प्राप्त गरेका छन् ।यसअघि काठमाडौंको क्षेत्र नम्बर १ मा राप्रपाका रवीन्द्र मिश्रलाई झिनो मतले पछि पार्दै नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भैसकेका छन् ।