ललितपुर: १ मा कांग्रेस र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

-



     सफल आवाज    
     मंसिर ६ गते २०७९ मा प्रकाशित



ललितपुर, ६ मंसिर । ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उदयशम्शेर जबरा अग्र स्थानमा छन् । निर्वाचन अधिकृत बालकृष्ण निरौलाका अनुसार पछिल्लो मतगणनामा उनले ११ हजार ७ सय ३९ मत प्राप्त गरेका छन् ।

५ सय ८५ मतले दोस्रो स्थानमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नवराज सिलवालले ११ हजार १ सय ५४ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरेले १ हजार ७ सय ३४ मत प्राप्त गरेका छन् ।

ललितपुर–३

ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की अग्र स्थानमा रहेकी छिन् । निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उनले पछिल्लो मतगणनामा ४ हजार ९ सय १० मत प्राप्त गरेकी छिन् ।

नेकपा एमालेका अमृत खड्काले ३ हजार ८ सय ४५ मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र) की पम्फा भुसालले २ हजार २ सय २८ मत ल्याएकी छिन् । कुल ११ हजार ८ सय ७७ मतगणना हुँदा ४ सय ३३ मत बदर भएको छ ।