म्यानमारमा ६ लाख ३३ हजार ४५ कोरोना सङ्क्रमित

-



     सफल आवाज    
     मंसिर ६ गते २०७९ मा प्रकाशित


म्यानमार, ६ मंसिर । म्यानमारमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ४० नयाँ घटना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ३३ हजार ४५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विगत २४ घण्टामा ८ हजार २ सय ७ जनामा  कोरोना  परीक्षण भएको र दैनिक पोजेटिभ दर ०.४९  प्रतिशत भएको मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ ।

पछिल्लो २४ घण्टामा कुनै पनि नयाँ मृत्यु नदेखिएकाले सोमबार देशमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या १९ हजार ४ सय ८७ मा रहेको मन्त्रालयले जनाएको छ । सोमबार २८ नयाँ निको भएकासहित देशमा कोभिड–१९ बाट निको भएका बिरामीको कुल संख्या ६ लाख ७ हजार ४ सय १२ पुगेको छ । दक्षिणपूर्वी एसियाली देशले सन् २०२० मार्चमा पहिलो पटक कोरोना सङ्क्रमित भेटिएका थिए ।