
काठमाडौं, ७ मंसिर । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार आज मध्याह्न १२ बजेसम्म कुल १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय ३५ स्थानको मतगणना जारी छ भने २३ स्थानमा नतिजा सार्वजनिक भइसकेको छ ।
अहिलेसम्म नेपाली कांग्रेसका १३, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीकका समान ३-३ तथा नागरिक उन्मुक्ति पार्टी, नेकपा माओवादी, राप्रपा र एकीकृत समाजवादीले समान १-१ स्थानमा विजय हासिल गरेका छन् ।
जारी मतगणनामा नेपाली कांग्रेस ३९ स्थानमा अगाडि छ । नेकपा (एमाले) ४५, नेकपा (माओवादी केन्द्र) १५, राष्ट्रिय स्वतन्त्र पार्टी ५, राष्ट्रिय प्रजातन्त्र पार्टी ४, एकीकृत समाजवादी ६, जनता समाजवादी ४, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी समान ३-३, जनमत पार्टी २, राष्ट्रिय जनमोर्चा १ र अन्य दल तथा उम्मेदवार ८ स्थानमा अग्रस्थानमा छन् ।
समानुपातिकतर्फ एमाले अगाडि, माओवादी भन्दा अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी
समानुपातिकतर्फको मगणनामा एमाले अगाडि छ । हालसम्म एमालेले २ लाख ७ हजार २ सय ९९, कांग्रेसले १ लाख ८३ हजार ३ सय ५२, राष्ट्रिय स्वतन्त्र पार्टीले ९५ हजार ५ सय ९८, माओवादी केन्द्रले ८६ हजार ४ सय ३३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४९ हजार ७ सय ६२ मत प्राप्त गरेका छन् ।
जनता समाजवादी पार्टीले १५ हजार १८, नागरिक उन्मुक्ति पार्टीले ९ हजार ६ सय ९३ तथा नेकपा (एकीकृत समाजवादी)ले १० हजार ९ सय १९ मत प्राप्त गरेका छन् ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



