
काठमाडौं, ७ मंसिर । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले कात्तिक २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको खुलामुखी म्युचुअल फण्डमा आवेदन दिने आज (मंसिर ७ गते) अन्तिम दिन रहेको छ । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल फ्लेक्सी क्याप फण्डको इकाईका लागि आज बैंकिङ्ग अवधिसम्ममा आवेदन दिन सकिनेछ ।
यसअघि कम्पनीले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने साे फण्डमा आवेदन दिने म्याद कात्तिक २७ गतेसम्म ताेकेकाेमा माग बमोजिम आवेदन नपरेपछि आज मंसिर ७ गतेसम्मका लागि म्याद थप गरिएको थियो । प्रतिइकाई १० रुपैयाँ दरको ७ करोड इकाईबाट घटीमा १ करोड १२ लाख इकाई कोष प्रबर्धकका तथा र फण्डकाे व्यवस्थापकका लागि रहेकाे छ।
यसबाट कोष प्रबर्धक र योजना व्यवस्थापकका लागि १४ प्रतिशत रहेको छ। बाँकी रहेकाे ६ करोड ३७ लाख ५० हजार इकाई निष्कासन गरिएकाे हाे। सर्वसाधारणका लागि पहिलो चरणमा ५ करोड इकाई निष्कासन गरिएकाे छ ।
लगानीकर्ताले इकाई खरिदका लागि घटीमा १ सय तथा बढीमा ७५ लाख इकाईका लागि आवेदन दिन पाउने व्यवस्था छ । यसमा सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र ताेकिएका शाखाबाट आवेदन दिन पाइने छ । फण्डको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।