टर्कीमा शक्तिशाली भूकम्प, कम्तीमा २२ जना घाइते

-



     सफल आवाज    
     मंसिर ७ गते २०७९ मा प्रकाशित



अंकारा, ७ मंसिर । टर्कीको उत्तरपश्चिमी प्रान्त डुज्सेमा बुधबार बिहान गएको ५.९ याग्निच्युडको भूकम्पबाट कम्तीमा २२ जना घाइते भएका स्वास्थ्यमन्त्री फहरेटिन कोकाले जानकारी दिएका छन् । भूकम्प स्थानीय समय अनुसार बुधबार बिहान ४ बजेर ८ मिनेटमा गएको र यसको केन्द्रविन्दु गोल्याका जिल्लामा रहेको टर्कीको विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

भूकम्पको धक्का टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुल र आसपासका क्षेत्रमा महसुस गरिएको थियो । बिजुली अवरुद्ध भएको गोल्याकामा व्यापक आतङ्क मच्चिएको एनटिभीले जनाएको छ । डुज्से प्रान्तमा सन् १९९९ मा गएको ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा करिब 8 सय जनाको ज्यान गएको थियो ।